२ असोज ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित वाग्मती करिडोर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो ।
महानगरको दैनिक कार्यतालिका अनुसार अवैध संरचनामा डोजर चलाउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए । महानगरले ३५ दिने सुचना जारी गर्दै भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया