१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा पनि अव डोजर चल्ने



फाइल तस्विर

५ असोज ०७९, ललितपुर । ललितपुर महानगरपालिले पनि अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने भएको छ ।
बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ेआग्रह गरेको छ ।
नक्सा स्वीकृतविना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो ।

अतिक्रमित संरचना आफै नहटाए ३५ दिनपछि महानगरले हटाउने महानगरश्रोतले बताएको छ ।
पछिल्लो समय काठमाडौं महानगरले सार्वजनिक स्थान हटपेर निर्माण गरेका संरचना हटाउने अभियान सुरु गरेसँगै देशभरका नगरपालिकाहरुले अनुसरण गर्न थालेका छन् ।
काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल समेत हटाएको छ । ललितपुर महानगरको लगनखेल सातदोबाटो क्षेत्रमा समेत फुटपाथ व्यापारीले सार्वजनिक स्थान ओगटेर व्यापार गर्दा हिडडुल गर्न सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरेको छ ।
महानगरले साइकल लेन निर्माण गरेर संचालन गरेर संचालन गरेको भएपनि साइकल लेन व्यवस्थि तगर्न सकेको छैन । फुटपाथ भित्री सडक समेत जीर्ण हुँदा महानगरबासी हैरान छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : १५ बजे