६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार जना युवतीको सशस्त्रद्धारा उद्धार, चार पुरुष पनि पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

रबिन्द्र यादव
८ असोज ०७९, नवलपरासी पश्चिम । बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल भुजहवा र भारतीय सुरक्षा सिमा बलको समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
उनीहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी केशवराज थापाले बताए ।
उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।