२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिराहामा शालनालसहित शिशुको शव भेटियो 



९ असोज ०७९, काठमाडौं । सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।