
१० असोज ०७९, गोरखा । गोर्खा चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आधार सिविरमा हिमपहिरो गएको छ ।
तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको हो ।आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।
अहिले हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि काठमाडौंबाट कैलाश एयरको एउटा हेलिकप्टर पुगसकेको बताइएको छ ।







प्रतिक्रिया