६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सल्यानमा एकाविहानै जिप दुर्घटना, आठ जनाको मृत्यु




१२ असोज ०७९, दाङ । सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
नेपालगञ्जबाट कपुरकोट ६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का रहेका थिए । बिहेमा नेपालगञ्जबाट फर्किदै गरेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।