
१२ असोज ०७९, काठमाडौं । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत भेटिएकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।
सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए। सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।







प्रतिक्रिया