७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मृत भेटिइन् अमेरिकाकी चर्चित स्की पर्वतारोही



१२ असोज ०७९, काठमाडौं । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत भेटिएकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।
सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए। सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।