२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुरमा डेंगुबारे जनचेतनामूलक र्याली



१५ असोज ०७९, काठमाडौं । संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुटे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोकेका थिए ।
र्याली दुधपाटीबाट, नासमना, तौमढी, स्कूलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभामा परिणत भएको थियो । सभामा डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरुमा अनुरोध गरियो ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाईमा आयोजना भएको र्याली पश्चातको सभामा नगर प्रमुख प्रजापतिले दशैको मुखमा डेंगु रोग संक्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे । उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गरे ।

https://www.youtube.com/@lalitkhabar

दसै पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस, दुर्घटना नहोस, कोही अपांग नहोस भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भुमिकामा रहन नगरवासीमा आग्रह गरे । कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे ।

डेंगुलाई सामान्य रुपमा मात्र लिंदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितिकै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न आग्रह गरियो ।

यसैगरी ख्वप असपतालका डाक्टर रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २०औं हजारमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।