२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झापामा २३ वर्षीय युवकले गरे आफ्नै आमा र काकाको हत्या



१६ असोज ०७९, काठमाडौ ।  गए राती करिब साढे १० बजे झापामा २३ वर्षीय युवकले आफ्नै आमा र काकाको हत्या गरेका छन् । कमल गाउँपालिका–२ सिमलडाँडीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा चन्द्रकला माझी र काका सन्तबहादुर माझीको हत्या गरेका हुन । हत्यापछि भाग्दै गरेका चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

माझीले सुतिरहेका काका ५० वर्षीय सन्तबहादुरमाथि पहिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनले ५० वर्षीया आमा चन्द्रकलालाई पनि सुतिरहेकै ठाउँमा हत्या गरेको जनाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।