८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका घरदैलोमा आउदैछन् बैकल्पिक नेता



ललितपुर खबर
२७ असोज ०७९, ललितपुर । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि भोट माग्न अघिल्लो निर्वाचनमा कही कतै नाम नसुनिएका नयाँ अनुहारहरु ललितपुरका घरदैलोमा आउने भएका छन् । स्वतन्त्रको आवरणमा राजनीतिमा होमिएका केही नेताहरु पछिल्लो समय कुनै न कुनै पार्टीको चुनाव चिन्हको सहारा लिएका छन् ।
उनीहरु आफू पुराना दलका नेताहरुको विकल्प भएको दावी गर्छन् । आफूहरुले नै देशमा नयाँ नेतृत्व सम्हाल्न सक्ने ल्याकत राख्ने उनीहरु बताउछन् ।
यद्यपी उनीहरुमा राजनीति ज्ञान र अनुभवको भने अभाव पक्कै खड्कनेछ । दिर्घकालीन विकाशको भिजन र योजना भने देखिदैन । धेरै उम्मेदवार इज्जतदार पेशा र व्यावसाय अलपत्र छोडेर आएका छन् । देशको दुरावश्या र जनताको निराशाबीच उनीहरुको हुटहुटीले पछिल्लो समय समाजमा तरंग ल्याएको छ ।
पछिल्लो समय पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिने(वागी उम्मेदवार), स्वतन्त्र उम्मेदवार घोषणा गर्ने अनि पार्टीको चिन्ह लिने र स्वतन्त्र बनेर निर्वाचन आयोगबाट निर्वाचन चिन्ह लिने ३ प्रकारका नयाँ अनुहार यो पल्ट वैकल्पिक नेता बनेर आएका छन् । यिनै बैकल्पिक नेतृत्वमध्ये हामीले केही नयाँ अनुहारको चर्चा गर्दैछौं ।

डा.तोसिमा कार्की
तोसिमा कार्की पेशाले डाक्टर हुन् । उनी पाटन अस्पतालकी डाक्टरको जागिरे रहेकै अवस्थामा राजिनामा दिएर यस पल्ट ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
उनी जनरल सर्जन हुन् । जो नेपालमा हातमा गन्न मिल्ने संख्यामा मात्रै छन् । उनले ३ दशक लगाएर बनाएको करिअर नै दाउमा लगाएर निर्वाचनमा होमिएकी छिन् । उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य पनि भइन् ।
बलिया पार्टीहरु रहेको अवस्थामा एक जना स्वतन्त्रले केही गर्न नसक्ने भएकाले स्वतन्त्र स्वतन्त्र व्यक्तिको अलाइन्स गर्नुपर्ने अवस्था आएकाले आफू स्वतन्त्र रहेको अवस्थामै राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर उम्मेदवार बनेको कार्की बताउछन् ।
उनी भोलि यस पार्टीले गलत किसिमको गठबन्धन गरे आफू उनीहरुसँग नरहने बताउछिन् । भन्छिन्, ‘म डाक्टरजस्तो सुन्दर भविश्य भएको पेशा छोडेर घृणित राजनीति गर्न आएको होइन ।’
कुनै पनि पार्टीका सासंदले ल्याएको जनमुखी योजनाको आफू समर्थक रहेने उनी बताउछिन् ।

डा.सचिन घिमिरे
ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका अर्का स्वतन्त्र नेता सचिन घिमिरे हुन् । उनी आफूलाई स्वतन्त्र नै भन्छन्, तर घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका छन् ।
उनले भारतस्थित जवरलाल नेहरु विश्वविद्यालयबाट चिकित्सा मानवशास्त्रमा विद्याबारिधि गरेका छन् । त्यसैले उनी नामको अगाडि डाक्टर लेख्न पाउछन् । उनले एक अस्पतालमा काम गरेर आइएदेखि मास्टर्ससम्म पढे ।
कन्सेस मिडिया फोरममा जोडिएर उनले धेरै पत्रकार र सम्पादकहरुलाई समेत तालिम दिएका छन् । इसिआर एफ एममा उनले राजनीतिक उग्र किसिमबाट टक शो चलाउथे । उनी राजसंस्था उडाउनैपर्छ भन्ने किसिमका विचार राख्थे । उनी एनजिओमा जोडिएर काम गर्थे ।
उनले डकुमेन्ट्र फिल्म पनि बनाए । पुरस्कार पनि जिते । उनी नेपाल आर्मी, डाक्टर र नर्सलाई समेत पढाउछन् ।

डा. दिपेश केसी
ललितपुर क्षेत्र नं.२ बाट अर्का प्रत्यासी निर्वाचनको मैदानमा छन् । उनी हुन् दिपेश केसी ।
डा.दिपेशले यसअघि पत्रकार गर्थे। उनले केही समय नागरिक राष्ट्रिय दैनिकमा समेत काम गरे । नागरिक दैनिकमा रहँदा उनले ठमेलको छायाँ सेन्टर र ललितपुरको सप्तपालतको जग्गा मिचिएको घटनामा समेत निरन्तर समाचार लेखेका थिए । उनी रिपोर्टस नेपालको संस्थापक सम्पादक समेत भए । विर्मस साप्तहिकमा पनि उनले काम गरे ।
उनी पिएचडि डाक्टर समेत हुन् । उनी पुस्तकका पुस्तक समेत प्रकाशित छन् । उनी ललितपुरको लुभु विसुण्डोलमा जन्मिएका हुन् । भने ललितपुरको स्थानीय शिक्षण संस्थामा पेढे लेखेका थिए । उनी गहिरो नेवारी संस्कृती र सम्भयताको विषयमा गहिरो रुचि राख्छन् ।

डा.सुदिन शाक्य
डा.क्टर सुदिन शाक्य ललितपुरको २ नम्बर क्षेत्रबाट लठ्ठी चिन्ह लिएर उम्मेदवारी दिएका सुदिन शाक्य नयाँ उम्मेदवार हुन् । सुरुका दिनमा स्वतन्त्र उम्मेदवार घोषणा गरेपनि उनी पछि लठ्ठी चिन्ह लिएर निर्वाचनमा अघि बढे ।
ललितपुरको नागबहालमा जन्मेका हुन् उनी । पेशाले उनी दन्त चिकित्सक हुन् । फिलिपिन्सबाट पढेर नेपाल फर्केका उनको रोटरी क्लवमा जोडिएर समाजसेवामा समेत सक्रिय थिए । साउथ वस्टर्न युनिर्भसिटी सिबुसिटी फिलिपिन्सको दिक्षान्त समारोहमा बेस्ट फरेन स्टुड्न्ट अर्वाड पाएसँगै डिग्री लिएर उनी नेपाल फर्किए । उनले नेश्नल डेन्टल अस्पतालको डाक्टर हुदै कार्यकारी निर्देशकसम्म बने । उनले देशभर मुख दन्त तथा स्वास्थ्य जनचेतना फैलाउने काम गरेका छन् ।

सविता महर्जन
ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि अर्की महिला सविता महर्जन स्वतन्त्र उम्मदवारी दिएर राजनीतिक मैदानमा उत्रेकी छिन् । ललितपुर सुनाकोठीकी उनी यसै ठाँउमा कृषि फार्मको काम गरिरहेकी छिन् । यसअघि एकल महिलाको पक्षमा विभिन्न काम गर्दै आएकी थिइन् ।

कृष्ण भक्त ब्रम्हाचार्य
शसस्त्र प्रहरीबाट डिआइजि हुदै अवकाश पाएका कृष्ण भक्त ब्रम्हाचार्य पनि यस पल्टको निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनी ललितपुर ३ बाट निर्वाचनमा उठेका हुन् ।

चिरन थापा
ललितपुर झरुवाराशी बस्ने चिरन थापा पनि ललितपुर ३ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । यसअघि कलर ल्याव चलाउने उनी गोदावरी नगर १३ बाट समेत यसअघि वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । यद्यपी उनले पछि उम्मेदवारी फिर्ता लिए ।

राधे खड्का
ललितपुर ३बाटै प्रतिनिधि सभातर्फका अर्का उम्मेदवार हुन् राधे खड्का । उनी कोरोना माहामारीपछि जावलाखेलमा कपडा बैंक खोलेर चर्चामा आएका थिए । उनी ललितपुर जावलाखेलका बासिन्दा हुन् ।
उनको कपडा बैंक अभियान देशभर फैलियो । कोरोना महामारीकै क्रममा भोक भोकै पर्नेहरुले फुडबैंक अनि औषधि बैक पनि चल्यो ।

जेसनदेव बैद्य
ललितपुरको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका अर्का प्रतिश्पर्धी हुन् जेसनदेव बैद्य । ललितपुर सुनाकोठीमा बस्ने उनी ३ बर्षअघिसम्म विवेकशील नेपाली पार्टीमा सक्रिय थिए । उनी थाइल्याण्डबाट विभिन्न सामाग्री नेपाल ल्याएर विक्रि गर्ने व्यावसाय समेत गर्छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : ०२ बजे