
३१ असोज ०७९, काठमाडौं । नेपाली भाषा, साहित्य, कला र संस्कृतिका अग्रणी व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशीप्रति विभिन्न संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर बिदाइ गरेका छन् ।
प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका वरिष्ठ कलाकारहरूले समेत प्रत्यक्ष श्रद्धाञ्जली दिएका छन् ।
जोशीलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ । तर, श्रद्धाञ्जलीपछि भने उनको पार्थिव शरीरलाई किष्ट अस्पतालमै हस्तान्तरण गरिएको हो । जोशीको शवलाई नजलाएर अध्ययन गर्न राखिने सरकारले निर्णय गरेको हो ।
शताब्दी पुरुष जोशीको निधनमा दुःख व्यक्त गर्ने संस्थाहरूः
१. साहित्यिक पत्रकार संघ
२. शंकर लामिछाने प्रतिष्ठान
३. नेपाल स्रष्टा समाज
४. दायित्व वाङमय प्रतिष्ठान
५. वासुशशी स्मृति परिषद
६. लघुकथा समाज नेपाल
७. गुन्जन
८. भूगोल साहित्य समाज
९. ललितपुर कला सस्कृति प्रतिष्ठान
१०. नेपाल भारत-साहित्य प्रतिष्ठान
११. नेपाल मुक्तक प्रतिष्ठान
१२. शब्दपथ
१३. नारी साहित्य प्रतिष्ठान
१४. शिवपुरी साहित्य समाज
१५. उपन्यास समाज नेपाल
१६. नियात्रा समाज नेपाल
१७. चेतन कार्की प्रतिष्ठान
१८. सर्वदा वाङ्मय प्रतिष्ठान
१९. सञ्चार मञ्च
२०. नेपाली कला साहित्य डटकम
२१. अनेसास नेपाल च्याप्टर
२२. उर्वरा फाउन्डेसन
२३. सखी प्रतिष्ठान
२४. जनमत मासिक
२५. नारी स्रष्टा समाज
२६. नेपाली साहित्य मन्दिर
२७ नारीस्वर
२८. महिला गीतकार संघ नेपाल
२९. डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान
३०. मदन दिपबिम स्मृति परिषद
३१. घुम्ती मुक्तक नेपाल
३२. एपेक नेपाल
३३. संसाक मासिक
३४. नेपाल साहित्यिक पत्रकार संघ ३५. सिद्दिश्वरमान अक्षयलोक साहित्यिक केन्द्र







प्रतिक्रिया