२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शताब्दीपुरुष जोशीको निधनको शोकमा मंगलबार देशभर सार्वजनिक बिदा



३१ असोज ०७९, काठमाडौँ ।  शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ कात्तिक गते सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कात्तिक १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।