८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ मा नवराज र उदयको चुनावी महाभिडन्त




३ कात्तिक ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ मा नेमपा एमालेका उम्मेदवार नवराज सिलवाल र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणाबीच चुनावी महाभिडन्त हुने अवस्था देखिएको छ । यहाँ पछिल्लो समय स्वतन्त्र उम्मेदवारी घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पाटबाट घण्टी चिन्ह लिएर उम्मेदवार बनेका डा.सचिन घिमिरेको समेत राम्रो प्रभाव छ ।


ललितपुर १ मा नेकपा एमालेले कसैसँग गठबन्धन गरेको छैन । तर नेपाली काँग्रेस र मओवादी केन्द्र मिलेर निर्वाचन लडेका छन् । राप्रपा पनि एक्लै निर्वाचनमा गएको अवस्थामा छ । स्वतन्त्र पार्टीका बलिया उम्मेदवार डा.सचिन घिमिरे ललितपुरमा उम्मेदवारी दिएर अघि आएका छन् ।
ललितपुर १ मा जसपाबाट राप्रपाबाट सन्दीप आचार्य, लोसपाबाट मनिषबहादुर श्रेष्ठ, जसपाबाट गोपालराज राई, नेमकिपाबाट कविन्द्र डंगोल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचिनकुमार घिमिरे उम्मेदवार छन् ।
गएको २०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता नवराज सिलवालले ६ हजार २ सय २२ धेरै मत पाएर निर्वाचन जितेका थिए । उनले २६ हजार ९ सय ५१ मत पाएका थिए भने नेपाली काँग्रेसका नेता उदयशम्सेर राणाले २० हजार ७ सय २९ मत पाएका थिए । त्यसबेला नेकपा एमाले फुटेको थिएन । स्थानीय निर्वाचनमा यस क्षेत्रमा वडाध्यक्ष उम्मदेवारहरूले २३ हजार ८ सय ५८ मत ल्याएका थिए भने एमालेका वडाध्यक्ष उम्मेदवारहरूले १८ हजार ९ सय ९३ मत ल्याएका थिए । माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ६ हजार १ सय ३३ मत ल्याएका थिए । स्थानीय निर्वाचनको आकडा हेर्दा गठबन्धनको मत १० हजार धेरै छ ।
गतनिर्वाचनमा एमालेका माधवकुमार नेपाललगायत नेताहरुले पार्टीमै थिए । माओवादीसँग एमालेको गठबन्धनमा थियो । त्यसबेला नवराज सिलवाल सजिलो अवस्थामा थिए । तर अहिले अवस्था ठिक उल्टो छ ।


ललितपुर १ मा अहिले नेपाली काँग्रेसका उदयशम्सेर राणालाई माओवादी र समाजवादीको साथ छ । गतस्थानीय निर्वाचनमा ललितपुरको ३० वडामध्ये नेपाली काँग्रेसले २२ वटा जितेको थियो । यस क्षेत्रमा माओवादीले ५ वटा जित्यो । स्थानीय निर्वाचनमा एमालेले गोदावरीमा १ वटा र कोञ्ज्योसोममा २ वटा गरेर ३ वटा मात्र वडा जित्न सकेको थियो ।
तर पछिल्लो समय ललितपुर १ को अवस्था अलि फरक हुँदै गएको छ । गठबन्धन सरकारले जनपक्षिय विकाशको काम गर्न नसकेको अवस्थामा भोट काटिने सम्भावना पनि छ । गठबन्धन हुबहु लागू नहुने सम्भावना पनि उत्तिकै देखिन्छ । नवराज सिलवालले संसद विकाश कोषबाट आफ्नो क्षेत्रमा विका निर्माणको काम गरेर प्रभाव देखाएका छन् । यसबाट पनि उनमो भोट बढ्ने अवस्था छ । सिलवालको अघिल्लो निर्वाचनको आकडामा ६ हजार २ सय २२ मत काट्न गठबन्धनलाई सझिलो छैन । ललितपुर १ मा नेकपा एमाले छोडेर नेता कार्यकर्ता समाजवादीका नगन्य गएकाले पार्टी फुटको प्रभाव नरहेको नेताहरु बताउछन् ।


स्वतन्त्र उम्मेदवारी घोषणा गरेर घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका डा.सचिन घिमिरेको समेत यहाँ राम्रो प्रभाव देखिएको छ । उनी लामो समयदेखि मतदाता भेट्ने र आफ्नो पक्षमा मतदातालाई प्रभावित पर्न दौढधुप गरिरहेका छन् । उनले गठबन्धनका नेपाली काँग्रेस र नेकपा माओवादी र नेकपा एमालेको भोट काट्ने छन् । उनले माओवादी र काँग्रेसको २ पार्र्टीको भोट काट्ने हुँदा एमालेका उम्मेदवार नवराज सिलवाललाई तुलनात्मक फाइदा छ ।

सिलवाल गत २०७४ सालको निर्वाचनको बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजिपि नबनाउदा एमालेबाट ललितपुर १ को उम्मेदवारीसँगै राजनीतिमा आएका हुन् । तर नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा २०६४ सालदेखि अहिलेसम्म ४ पल्ट उम्मेदवार बनेका छन् । उनले २०७४ सालमा निर्वाचन जितेर संविधानसभाको सदस्य भए । २०६४ सालमा पराजित भएका उनलाई २०७४ सालमा गठबन्धनका उम्मेदवार नवराज सिलवालले हराए ।
ललितपुर क्षेत्र नं.१ ललितपुरका दक्षिणी क्षेत्र पर्छ । मध्य ललितपुरको काँठ क्षेत्र रहेको गोदावरी नगरपालिका (वडा नं. १४ ठैव र वडा नं.१२ ठेचोबाहेक), वागमती गाँउपालिकाको ७ वटा वडा,कोञ्ज्योसोमको ५ वटा वडा र महाकालको ६ वटा वडा ललितपुर क्षेत्र नं. १ को साँधसिमाना हो । यो क्षेत्र पहाड र विकाशमा पछि परेको ठाँउ रहेको छ । निर्वाचन प्रचार प्रसारका हिसावले पनि कठीन ठाँउका रुपमा यस क्षेत्रलाई लिने गरिन्छ । यहाँबाट नेकपा एमालेबाट प्रदेशतर्फ चेतनाथ सञ्जेल र मधुसुधन पौडेल गठबन्धनबाट हरि दाहाल र मीनकृष्ण महर्जन उम्मेदवार बनेका छन् ।

 

२०७४ सालमा प्रतिनिधि सभा निर्वाचनमा पाएको मत :

ललितपुर १ मा अहिलेसम्मका सासंदहरु :
मिठाराम शर्मा बजगाई          २०४८
मिठाराम शर्मा बजगाई          २०५२
सुशीला नेपाल                     २०५६
बर्षमान पुन                        २०६४
उदयशम्सेर राणा                २०७०
नवराज सिलवाल                २०७४

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ०६ बजे