४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेवार समुदायले मनाए म्हः पूजा




१० कात्तिक ०७९, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा बुधबार साँझ विधिपूर्वक सम्पन्न भएको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभरि सुख, शान्ति एवं खुसियाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।
आत्म सन्तुष्ट बनाई खुसी राख्नसके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
यसवर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो ।
एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका थिए । अधिकांशले बुधबार म्ह ः (आत्म) पूजा गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।