४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा दुवैलाई पारिवारिक शोक, लगाएनन् टिका




१० कात्तिक ०७९, काठमाडौं । यस बर्ष राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पारिवारिक शोकका कारण टिका ग्रहण गरेनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
प््रधानमनत्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।