४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेशीले लगाए भाईटीका




११ कात्तिक ०७९, काठमाडौं । नेपालीहरूको महान चाड तिहारका अवसरमा पश्चिमाञ्चल होटेल सङ्घ पोखराद्वारा आयोजित १५ औँ भाइटिका महोत्सवमा ३५ जना विदेशीले भाइटीका लगाएका छन् ।
होटल सङ्घ पोखराले तिहारका अवसरमा भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएकोमा यस वर्ष १५ औं संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।
लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा विदेशी पर्यटकलाई रेन्बो चिल्ड्रेन नेपालका दिदीबहिनीहरूले टीकासँगै माला, ढाकाको टोपी लगाइदिएका थिए ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घले जनाएको छ । सो भाइटीकामा जापान, स्वीटजरल्याण्ड, अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका पर्यटक सहभागी थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।