४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



प्रतिकात्मक तस्बिर

१३ कात्तिक ०७९, धुनुषा । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विदेह नगरपालिक ७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नंको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प७९७५ नंको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।