२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस नेता शशांक कोइराला अस्वस्थ भएपछि अस्पताल भर्ना




१४ कात्तिक ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हन् । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।
अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी अस्वस्थ भएका हुन् । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए । चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए ।
अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।