४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कारको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु



१४ कात्तिक ०७९, रुपन्देही । रुपन्देहीमा कारको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ठक्कर दिँदा रुपन्देही ओमसतियाका एक शिशुसहित ३ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया वडा नं ४ पननीमा आज बिहान कारको ठक्करबाट ओमसतिया –४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमीला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना अन्य २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा मृतक शिशुकी आमा २४ वर्षीया वन्दना कुर्मी र सोही स्थानकी २६ वर्षीया मञ्जु कुर्मी रहेका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट परासीतर्फ गइरहेको गाडीले ठक्कर दिएर फरार भएको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।