
१६ कात्तिक ०७९, काठमाडौं । काठमाडौं–३ का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ।
माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा (क) को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो । काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाईले उम्मेदवारी दिएका थिए भने प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए ।








प्रतिक्रिया