३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि निर्वाचन प्रचार सुरु, यस्ता छन् नियम




१७ कात्तिक ०७९, काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आजदेखि प्रचार दलहरुले प्रचारप्रसार गर्दैे छन् ।
निर्वाचन आयोगले बनाएको आचार संहितामा निर्वाचनको १७ दिनअघिबाट प्रसार प्रसार गर्न पाउने मापदण्ड अनुसार उनीहरुले प्रचार प्रसार गर्न पाउने भएका हुन् ।
उनीहरुले आगामी मंसिर १ गते राती १२ बजेसम्म निर्वाचन प्रचार प्रसार गर्न पाउछन् । त्यसको २८ घण्टा मौन अवधि सुरु हुन्छ त्यसबेला प्रचार प्रसार गर्न पाइदैन । मंसिर ४ गतेका दिन मनदान हुन्छ ।
प्रचार कार्यालय उद्घाटन पत्रकार सम्मेलन चियापान कार्यक्रमजस्ता स साना कार्यक्रमक र घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न सक्छन् । साथै उम्मेदवारहरुले निश्चित नियम पालना गरेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।
आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइन्छ ।
आमसभा गर्दा निर्वाचन कार्यालयको अनुमती लिनु पर्छ । निर्वाचन प्रचारका क्रममा जुलुसमा २५ जनासम्म सहभागी हुन पाउछन् भने १० वटासम्म झण्डा बोक्न पाउने आयोगले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।