१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न



१८ कात्तिक ०७९, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।

आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनकशिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो ।  मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहेपनि समय भन्दा अगावै छपाइ सकिएको आयोगले जनाएको छ ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।

यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।