४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो



१८ कात्तिक ०७९, काठमाडौं । निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए आरोपित श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार ९९.९९९ प्रतिशत डिएनएन म्याच भएको देखिएको छ । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

उच्च अदालत जनकपुरले निहारिकाको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको थियो ।

आदेशबमोजिम गत २४ भदौमा दुवैको डिएनए परीक्षण भएको थियो । निहारिकाले आफूमाथि भएको जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् ।

तर आरोपित श्रेष्ठले भने आफूहरूबीच प्रेम सम्बन्धका क्रममा सहमतिमै यौन सम्बन्ध भएको बयान दिएका छन् । जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै निहारिका पछिल्लो समय दुधे बालकसहित पटकपटक काठमाडौंमा अनशन बसेकी थिइन् ।

त्यसपछि उनको माग सम्बोधन गर्ने सरकारसँगको सहमतिपछि अनशन तोडिएको र डिएनए परीक्षणको मागलाई अदालतले सम्बोधन गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।