८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा किन हाल्दैनन् कांग्रेसले माओबादीलाई भोट ?



२० कात्तिक ०७९, ललितपुर । गत स्थानिय निर्वाचनमा ललितपुरका ३ स्थानीय तहमा माओबादीका उम्मेदवार पराजित भए । ५ दलीय गठबन्धन रहेको अवस्थामा ती पालिकामा एमाले बाजी मा¥यो । यसरी ५ दलीय गठबन्धनभित्र भएको धोका आगामी निर्वाचनमा दोहोरीने गठबन्धनकै नेताहरुबीच चर्चा छ ।

यो धोखा अरुबाट होइन गठबन्धनकै ठूलो दल नेपाली कांग्रेसबाट भयो । ललितपुर महानगरपालिकामा उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्य , कोञ्ज्योसोम गाउँपालिकाको प्रमुखका उम्मदवार गोपीलाल सिंतान र महालक्ष्मीका मेयरका उम्मेद्वार शिव कट्टेल पराजित भए ।

तर नेपाली कांग्रेसले गठबन्धन गरेका ठाउँमा कुनै उम्मेद्वार पराजित भएनन् । ललितपुर महानगरका मेयरका उम्मेद्वार चिरीबाबु मर्हजन, महाङ्काल गाउँपालिकामा अध्यक्षका रुपमा गणेश केसी र बाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चनले चाँही जिते ।

यी तथ्यहरु विश्लेषण गर्दा ललितपुरमा माओबादीले गठबन्धन अनुसार भोट हलेको तर कांग्रेसले माओबादीलाई भोट नहालेको देखिन्छ । यसरी कांग्रेसले धोका दिएको माओबादी नेता कार्यकर्ताले विर्सिएका छैनन् । आउँदो मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा उनीहरु पैंचो तिर्ने दाउमा छन् ।

केन्द्रले गठबन्धनको निर्णय गरेपछि ललितपुर कांग्रेस नेता कार्यकर्ताहरु यहाँ चाहीँ गठबन्धन हुनु हुँदैन भनेर लबिङ गर्दै हिडेका थिए । उनीहरु हामी एक्लै निर्वाचन जित्छौँ भन्दै केन्द्रमा धाईरहेका थिए । यो कुरा सार्वजनिक समारोहमा भाषण गर्दा सबैजसो नेताहरुले बोल्थे ।


कतिसम्म भने नेपाली कांग्रेस ललितपुरका उपसभापति गजेन्द्र मर्हजनले बचत संघ ललितपुरको निर्वाचनमा एमाले–माओबादी समर्थकले गठबन्धन गरेपछि ‘ललितपुरमा गठबन्धनको औचित्य छैन’ भनेर सामाजिक सन्जालमा लेखे ।
यसैगरी कांग्रेस ललितपुरका पूर्व सभापति मदन बहादुर अमात्यले ललितपुरमा उम्मेदवारी घोषणा भएसँगै गठबन्धनको विरोध गर्दै हिँडेका थिए । ललितपुर कांग्रेसका नेताहरुवीच तीब्र मनमुटाव छ ।

यहाँ मदनबहादुर अमात्य गुट र उदय शमसेर राणा गुटबीच द्धन्द्ध छ । जिल्ला सभापति निर्वाचनदेखि सुरु भएको मनमुटाव बाहिर साम्य भएको देखिएपनि भित्र उस्तै छ ।
जिल्ला सभापति निर्वाचनका बेला आफू कुनै पनि निर्वाचनमा नउठ्ने वाचा गरेका सभापति जितेन्द्र श्रेष्ठ कार्यकर्ताहरुबीच आफूलाई भोट हाल भन्न सक्ने अवस्थामा समेत छैनन् ।
त्यसताका मिनकृष्ण मर्हजन र उदय शमसेर राणाबीच भएको चुनावी तिक्तताका कारण अझैसम्म तुष बाँकी छ । पार्टिभित्रको आन्तरिक कलह नै थामथुम पार्न नसकेको अवस्थामा माओबादीलाई सघाउन पार्टि भित्र कोही तयार नभएको विश्लेषण गरिएको छ ।


ललितपुरमा अझै माओवादीलाई नेपाली काँग्रेसका कार्यकर्ताले भोट नहाल्ने शंका गर्दै केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल ललितपुरमा आएर भाषणको अन्तमा सबैले भने ‘लाल सलाम जयनेपाल अभिवादन’ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ११ : ४७ बजे