१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घनश्याम भुसालको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक



२१ कात्तिक ०७९, काठमाडौं  । सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ ।

युवाहरूलाई सिपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार भूसालले प्रतिबद्धतापत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्वयनमा प्रतिबद्ध हुने बताए । आफ्नो प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवलाई सँगै राखेर भुसालले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधन गरी १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।