१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विशेष अदालतले फैसला गरेका एक सय १२ वटा मुद्दामा अख्तियारद्वारा पुनरावेदन



२२ कात्तिक ०७९,  काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका ११२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका एक सय १२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएको हो । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय अख्तियारले गरेको छ ।

चालु आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै अख्तियारले सफलता हात पारेको छ ।

त्यसमध्ये १ सय १२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण अख्तियार पुनरावेदनमा गएको हो ।

आयोगले २४ वटा मुद्दामा पुनरावेदन जाने गरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरिरहेको छ ।

पुनरावेदनमा गएका मुद्दाहरु मध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस/रिसवतका १०४ वटा, सार्वजनिक सम्पत्ति हानी नोक्सानीको १, गैरकानूनी लाभ तथा हानीका २ र राजस्व चुहावटको १ वटा रहेका छन् ।

गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।