४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधेसमा राजनीतिक पार्टीप्रति वितृष्णा, बलिया स्वतन्त्र उमेद्वार



२३ कात्तिक ०७९,धनगढी । बारा२३ कात्तिक । मधेसमा राजनीतिक पार्टीप्रति स्थानीयको वितृष्णा बढेको छ । विभिन्न पटक विभिन्न पार्टी खोल्ने, पार्टी पार्टी मिलेर संगठन बन्ने अनि भोट बैंकको रुपमा जनतालाई प्रयोग गर्ने भन्दै मधेस क्षेत्रमा मतदाताहरु निरास भएका छन् । विभिन्न ठाउँमा पार्टी परित्याग गरेर स्वतन्त्रहरु चुनाव लडेका छन् ।

मतदाताको ध्यान पनि स्वतन्त्रतिर उन्मुख भएको पाइएको छ । लामो समय पार्टीमा रहेर राजनीति गरेका प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिदाँ उनको पक्षमा जनलहर देखिएको छ । त्यसैगरी बारा क्षेत्र नं. ४ मा काँग्रेस परित्याग गरेर स्वतन्त्र उमेदवारी दिएका इच्छाबहादुर वाग्ले पनि स्वतन्त्र चुनावी अभियानमा छन् । मंगलबार बाराको एक विशाल सभामा शाह र वाग्लेले सँगै सम्बोधन गरे । जहाँ प्रभु शाह ईच्छा बहादुर वाग्लेलाई साथ दिन बारा आइपुगेका थिए । सम्बोधनका क्रममा उनले राजनीतिक पार्टीले झुक्काउने काम गरेको आरोप लगाए ।

उनले स्वतन्त्रलाई भोट दिएर चुनाव जिताउन आग्रह गरे । त्यसैगरी अर्का स्वतन्त्र उमेद्वार इच्छा बहादुर वाग्लेले पार्टीका नेताहरुले भ्रष्टाचार गरेकै कारण देशैभरी स्वतन्त्रको लहर आएको बताए । उनले बाराको विकास, समृद्धि र रोजगारका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए । उनी बारा ४ का प्रतिनिधि सभा स्वतन्त्र उमेद्वार हुन् । प्रभु शाह र उनी दुवै जनाले चापाकल चुनाव चिन्ह पाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।