४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ



२९ कात्तिक ०७९,काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए ।

घुससहित पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।