२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको मौसम पुर्वानुमान: पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



३० कात्तिक ०७९,काठमाडौं । हाल ।देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।