४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अनलाइन सञ्चार माध्यमको सूचीकरण अद्यावधिक गर्न प्रेस काउन्सिलको आग्रह



१८ मंसिर ०७९, काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ । हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ ।

‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ ।

तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।