२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत दुईविरुद्ध मुद्दा



१८ मंसिर ०७९, काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

कैलालीको खैलाडस्थित राष्ट्रिय उमाविमा माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त मथुरा चौधरी र पूर्वाधार विकास कार्यालय ओखलढुंगामा करारमा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादवविरुद्ध मुद्दा दायर गरिएको हो।  उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा नक्कली पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चौधरीले स्नातक तहको नक्कली प्रमाणपत्रहरू पेस गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएको अख्तियारले जनाएको छ। त्यसैगरी, यादवले डिप्लोमा इन सिभिल इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेस गरी पूर्वाधार विकास कार्यालय ओखलढुंगामा सबइन्जिनियर पदमा डोरहाजिरी तथा राजपत्र अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी कार्यरत रहेको पाइएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।