४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


झन्डै ५० लाख मात्रा काेराेना खोप मौज्दात



vaccine khop sui

२८ मंसिर ०७९, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप झन्डै ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार अहिले ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उहाँले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिनुभयो । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६ र फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ ।

प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेस प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख डा. चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिनुभयो ।

अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकाेमा लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कुल जनसङ्ख्याको ७९ दशमलव पाँच प्रतिशतले पहिलो मात्रा र ७६ दशमलव पाँच प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।