
४ पुस ०७९, काठमाडौं । २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। त्यस्तै, उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका एसपी सन्तोषसिंह राठौरले जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी पाएका छन् ।








प्रतिक्रिया