४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अत्याधिक धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा



६ पुस ०७९, काठमाडौं । काठमाडौँको सोह्रखुट्टेमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धूँवा फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ ओटा सवारी साधन कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेको बताए । कारवाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।