
८ पुस ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको त्रास बढेको भन्दै मास्क लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै जोखिम बढेकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै विज्ञप्ति प्रकाशित गरेका छन्।
‘मास्क प्रयोग गर्नुहुन र एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले भनेको छ ।
पछिल्लो समय चीन र भारतमा नयाँ भेरियन्ट कोरोना संक्रमण फैलिन थालेपछि त्रास बढेको छ ।
तर अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट भने नदेखिएको मन्त्रालयको भनाई छ । खुला सिमाना र तीव्र रुपमा विदेश आवतजावत गर्ने नेपालीहरुको परिस्थितीका कारण कोरोनाको नयाँ भेरियन्ट नेपाल भित्रने प्रवल सम्भावनालाई मध्यनजर गर्दै मनत्रालयले विज्ञप्ती नै जारी गरेर सचेत गराएको हो ।
८ पुस २०७९, शुक्रबार
0
Shares







प्रतिक्रिया