२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गृहमन्त्री रवि लामिछानेद्वारा प्रकोप नियन्त्रणमा ध्यान दिने निर्देशन




१२ पुस ०७९, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड १९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिएका छन् ।
सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्री समक्ष सुरक्षा अवस्थाबारे जानकारी गराउनुएको थियो ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।