४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक काठमाडौंमा हुँदै




१४ पुस ०७९, काठमाडौं । दक्षिण एसियाका ज्योतिषको साझा सङ्गठन दक्षिण एसियाली ज्योतिष महासङ्घले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासङ्घले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो ।
नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ । बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासङ्घका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरुपता ल्याउने, फरक फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए ।
आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।