
१४ पुस ०७९, काठमाडौं । आज राजा वीरेन्द्र शाहको ७८ औं जन्म जयन्ती मनाइदै छ । ललितपुरको जावलाखेलस्थित सालिकमा राजा विरेन्द्रको सम्झनामा विहान पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम राखिएको छ ।
वीरेन्द्र वीर विक्रम शाह देव नेपालका लोकप्रिय राजा थिए । २०२८ देखि २०५९ सालसम्म शाहले नेपालमा राज्य गरेका थिए । २०५९ जेठ १९ गते राती राजदरवारमा भोज चलिरहेको बेला भएको आक्रमणपछि विरेन्द्रको बशं नास भएसँगै उनको शासन अत्य भयो ।
राजा महेन्द्रका छोरा वीरेन्द्रले हार्वर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । सन् २०२८ मा राजा महेन्द्रको मृत्यु भएपछि उनलाई राजाको राज्याभिषेक गरिएको थियो ।
नेपालमा प्रजातन्त्रको माग राखेर निरन्तर आन्दोलन चलेपछि उनले २०३६ सालमा जनमत संग्रह गराएका थिए । जनमत संग्रहमा राजतन्त्रको पक्षमा ५५ प्रतिशत र प्रजातन्त्रको पक्षमा ४५ प्रतिशत मत परेपछि आन्दोलन झन् चर्कियो । अन्ततः राजा वीरेन्द्रले २०४६ साल चैत्र २६ गते नेपालमा प्रजातन्त्रिक व्यवस्था लागू गरेको घोषणा गरेका थिए ।
दरवार हत्याको क्रममा रानी ऐश्वर्य युवराज दिपेन्द्र राजकुमार निराजन राजकुमारी श्रृति, अधिराजकुमार धिरेन्द्र, धिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायत १० जनाको हत्या भएको थियो । दरवार हत्यापछि राजा भएका उनका भाई ज्ञानेन्द्र शाहले करिव ५ बर्ष शासन गरे । ०६२ ६३को जनआन्दोलनपछि बनेको संसदले शाहलाई बर्खास्त गरी गणतन्त्रको घोषणा भएको थियो । त्यसपछि २०६४ र २०७० सालमा संविधानसभा निर्वाचन भई २०७२ सालमा नयाँ संविधान निर्माण भयो । यही संविधान अनुसार २०७९ अहिले देशको शासन व्यवस्था चलिरहेको छ ।
१४ पुस २०७९, बिहिबार
0
Shares







प्रतिक्रिया