४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाको नयाँ भेरियन्टको त्रास, खोप अभाव



१४ पुस ०७९, काठमाडौं ।  सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोज लगाउन भनेपनि अस्पतालहरुमा खोप अभाव देखिएको छ । छिमेकी मुलुकमा देखिएको

ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ।७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै फर्कनुपरेको हो । अहिले बुस्टर लगाउन मिल्ने खोप सरकारसँग नभएको बताइएको छ । खोप जनवरीको दोस्रो सातासम्म आउने बताइएको छ ।

हाल फाइजर, कोभिसिल्ड, जोनसेन खोप लगाएकाहरूका लागि बुस्टर खोप उपलब्ध हुन नसकेको हो । पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्छ तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन नमिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोभिडको सम्भावित नयाँ लहरबाट त्रसित हुनेहरू र विदेश जान लागेकाहरूले बुस्टर लगाउन आए हाल खोप नपाउने स्थिति देखिएको छ । हाल वयस्कका लागि चिनियाँ खोप भेरोसेलबाहेक अन्य खोप नेपालमा छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोजका रूपमा उपयोग गर्न सकिने करिब ५ लाख मात्रा फाइजर खोप भने स्टकमा छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।