२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


युवकले महिलाको नग्न तस्विर बनाई आफन्तलाई पठाएपछि…




१४ पुस ०७९, भक्तपुर । महिलाको चरित्र हत्या गर्न उद्देश्यले भक्तपुरका एक युवकले महिलाको नग्न तस्विर आफन्तलाई फेसबुकमार्फत पाएपछि प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर ९ बस्ने २५ वर्षीय सुमन त्योछिन फेसबुकमा कुराकानी गर्ने क्रममा एक महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा उनी महिलाको टाउको जोडी पीडित महिला, आफन्त तथा साथीहरुलाई पठाएका थिए ।
युवक त्योछिनले ती पिडित महिलालाई फेसबुक म्यासेन्जरमा अश्लिल तस्वीर पठाई मानसिक तनाव, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकाउनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
त्योछिन उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।