३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि घरघरमा स्वस्थानी कथा प्रारम्भ




काठमाडौं
२२ पुस । आजदेखि एक महिनासम्म हिन्दुहरुको घर घरमा स्वस्थानी व्रतको ब्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु यो हुने व्रतकथा माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन शालीनदीमा स्नान गरि पूजा गर्दै ब्रतालु ।

हिन्दुहरुको घरघरमा देवताहरुको पनि देवता महादेव र पार्वती सत्यदेवि र गोमा ब्राम्हणीको कथा कथा सुन्ने र सुनाउने गरिन्छ ।
आजैदेखि काठमाडौंको पुर्वी क्षेत्र सालीनदिमा भव्य मेला लाग्छ । माधवनारायणको स्थान भक्तपुर र पशुपतिमा हुन्छ । भने ललितपुरको ठेचोमा समेत जात्रा मनाइन्छ ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।