
धनगढी
२५ पुस । भारतको गुजरातबाट नेपालतर्फ आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा कैलालीको टिकापुरका दुईसहित ४ जनाको मृत्यु भएको छ । भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ यूपि उन्नाउ भन्ने स्थानमा दुर्घटना हुँदा भारतीय चालकसहित ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाईते भएका छन् ।
उनीहरुको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए । मृत्यु हुनेमा कैलालीको टीकापुर ज्योतिनगर बस्ने वर्ष ४० को ललिल साउद र व्यवसायक्षेत्र बस्ने वर्ष ४५ चन्द्र साउद रहेका छन् ।
मृतक एक जना महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया