२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रीमतीलाई बन्चरो प्रहार गरी फरार श्रीमान मृत भेटिए



नुवाकोट २७ पुस ।  नुवाकोटमा एक पुरुषले श्रीमतीमाथि बन्चरो प्रहार गरेका छन् । बन्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा भेटिएका छन् । ककनी गाउँपालिका–२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो। वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए। उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो।

त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए। घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। त्यहीक्रममा मंगलबार उनको शव फेला परेको हो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।