३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेश पठाइदिने भन्दै नागरिकता लिएर बैंकको पैसा निकाल्ने युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

काठमाडौं
२७ पुस । राजधानीबाट विदेश पठाइदिने भन्दै नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरुकै मोबाईल बैकिङमा पहुँच पु¥याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका ३ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै पीडितहरुलाई वाट्सएप मार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजातहरु तयार पार्नु भनी कल गर्ने गरेको, काठमाडौंका विभिन्न स्थानबाट धिरेन मगर नाम गरेको ब्यक्ति कागजतपत्र लिन आउने गरेको, कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरु एनसेल, नेपाल टेलिकम, स्मार्टसेल कार्यालयबाट पीडितकै मोबाइल नम्बर निकाली उक्त सिमकार्डबाट पीडितहरुको मोबाइल बैंकिङ याक्टिभ गरी ओटिपि कोड दुवईमा भएका शेर बहादुर चौधरीलाई पठाउने गरेको र पीडितहरुको मोबाइल बैंकिङमा पहुँच पु¥याई रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एव कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।