३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मानिसको ज्यान लिने गोविन्दे हात्ती नियन्त्रणमा




चितवन
२८ पुस । चितवनमा मानिसको ज्यान लिने जङ्गली हात्ती गोविन्देलाई नियन्त्रण मा लिइएको छ । राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको उक्त हात्तीलाई गर्ने औषधिको प्रयोग गरेर नियन्त्रमा लिइएको हो ।
मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।
निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताएका छन् । उनले भने, “गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।” अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उनले जानकारी दिए ।
पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो । त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए । सोही क्रममा हात्तीलाई औषधि दिइएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।