३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दमक नमुना बजारमा आगलागी, नौ वटा पसल जलेर नष्ट



झापा, १ माघ । झापा दमक–६ मा रहेको नमुना बजारमा आगलागीबाट ९ वटा पसल जलेर नष्ट भएको छ । आगलागीबाट जुत्ता तथा कपडाका पसल जल्दा लाखौँ रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले आज बिहान करिब २ बजेतिर अचानक आगलागी सुरु हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको जानकारी दिए । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

आगलागी कसरी भयो यकिन कारण खुल्न सकेको छैन । तर, विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।

दमकसहित कमल, गौरादह, कानेपोखरीका दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगो निभाइएको थियो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।