३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विमान दुर्घटनामा नाबालक छोरासहित डा श्रेष्ठ दम्पतीको मृत्यु



काठमाडौं, १ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्। दुर्घटनामा परेका डा श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको शव सनाखत भएको छ। उनीहरुसँगै दश महिने छोराको पनि विमान दुर्घटनामा मृत्यु भएको छ। परिवारका तर्फबाट उनका भिनाजु दिपेन्द्रमान श्रेष्ठले सनाखत गरेका छन्।

न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए। पोखरा स्थायी घर भएका डा श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन्। उनकी श्रीमती डा सोना एमडीको तयारीमा थिइन्। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा श्रेष्ठ र उनकी श्रीमती डा सोना नाबालक छोरासहित काठमाडौंबाट छुट्टी मनाउन पोखरा घर जाने क्रममा विमान दुर्घटनामा परेका हुन्।
विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो। सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सोना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन्। यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।