२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पूर्वमन्त्री पुनको ८५ प्रतिशतभन्दा बढी कलेजो बिग्रियो, अर्को प्रत्यारोपण गर्नुपर्ने



काठमाडौं, ४ माघ । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ।
कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले बताए।

पुनको पेटमा दुई महिनादेखि पानी जम्ने समस्या देखिएको छ। सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको छ। नेपालमै नियमित रुपमा कलेजो प्रत्यारोपण नभइरहेको अवस्थामा प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।