३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


३७ जनाको झण्डै तीन करोड ठगीको आरोप



मोरंग
५ माघ । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै रु दुई करोड ८७ लाख ठगी गरेको आरोप लगाउँदै पीडितहरुले कारवाहीको माग गरेका छन् ।
मोरङको सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकामा बसोबास गर्ने ३७ पीडितले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विसं २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षि नगरपालिका ६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न वैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको आरोप छ ।
पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाइ रु १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको दाबी गरे । यसैगरी सुनवर्षी नगरपालिका ६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाई मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख भुक्तानी दिएको भौचर देखाएका छन् ।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी रकम उठाइ आरोपीलाई दिएको बताए । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलब्ध गराउन माग गरेका छन् । आरोपी फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।