२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरामा पनि युवकले लगाए शरिरमा आगो



पोखरा
१५ माघ । पोखरामा पनि एक जनाले शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका हुन । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

गत मंगलबार राजधानीको बानेश्वरमा प्रेम आचार्यले शरिरमा आगो लगाएर आत्मदाह गरेको थिए । उनको बधबार एक अस्पतालमा मृत्यु भएको थियो ।
ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।
“डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उनले भने, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिए ।
कसले र किन शरिरमा आगो लगाए भन्ने तथ्य खुलेको छैन

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।